काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालयमा तोडफोड गरेको छ ।
संगठनको तर्फबाट १० बुँदे माग पत्र लिएर उपकुलपति धर्मकान्त बास्कोटालाई बुझाउन जाने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि तोडफोड भएको हो ।
त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्यालाई केन्द्रमा राखेर ज्ञापन पत्र लिएर जाँदा प्रहरीले अवरोध गरेपछि झडप भएको अनेरास्ववियूले जनाएको छ ।
त्रिविमा प्रश्नपत्र आउट गर्ने, एउटै प्रश्नपत्र दोहो¥याएर छाप्ने,दलको आस्थाका आधारमा भर्ती गर्ने र आंगिक क्याम्पसमा निजी सरह शूल्क लिन थालेपछि ध्यानाकषर्ण गराउन ज्ञापनपत्र बुझाउन गएको विद्यार्थीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved