भारत भ्रमण सफल रह्यो, प्रधानमन्त्री सरहको सम्मान पाएः प्रचण्ड

  • श्रावण १, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’भारतको तीन दिने भ्रमण पुरा गरेर स्वदेश फर्किएका छन् ।

काठमाडौँ फर्किएर प्रचण्डले आफ्नो भ्रमण अपेक्षा गरे अनुसार सफल भएको बताएका छन् । प्रचण्डले भारत भ्रमण आफुले सोचे भन्दा पनि राम्रो भएको बताएका छन् ।

प्रचण्डले भारत भ्रमणको क्रममा आफुले न्यानो स्वागत पाएको बताउदै प्रधानमन्त्री हुदा जस्तै पाएको स्वागत र यस पटकको स्वागतमा कुनै फरक नरहेको बताए ।

प्रचण्डले यस पटकको भ्रमणमा विदेशमन्त्री जयशंकरसँग संबिधान जारी हुदाको समयमा उनीसँग भएको भेट नमिठो भएपनि यस पटक भने राम्रो छलफल भएको बताए ।

त्यस्तै प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणासँग भेट भएको बारे स्पष्ट पार्दै आरजु हाल उपचारको क्रममा दिल्लीमा रहेको र दुताबासमा बोलाएर भेट गरेको बताए ।

भारत भ्रमणका क्रममा प्रचण्डले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डा, भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरेका थिए ।

त्यस्तै प्रचण्डले भारतीय विदेश सचिव विनयमोहन क्वत्रासँग डिनर भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved