जनप्रतिनिधिले लगाए प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

  • साउन १, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले रूपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको कार्यकक्षमा आइतबार तालाबन्दी गरेका छन्।

नगर सभा सञ्चालनका लागि नगर प्रमुखलाई सहयोग गरेको आरोप लगाउँदै जनप्रतिनिधिले ताला लगाएका हुन्।

आइतबारको नगर सभामा गणपुरक संख्या नपुगेको भन्दै नगर प्रमुख रामकृष्ण खाँणले बैठक स्थगित गरेपछि एमालेका जनप्रतिनिधिले नाराबाजी गर्दै नगरप्रमुख खाँण र प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीमाथि आक्रमण प्रयास गरेका थिए।

त्यसपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको थियो। सो क्रममा एमालेबाट निर्वाचित जनप्रतिनिधिले आफूमाथि बल प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन्।

नगरपालिकाको १२औँ नगर सभाको तेस्रो र चौथो बैठकको उपस्थित र गणपुरक संख्यामा ज्ञवालीको भूमिका विवादास्पद रहेको एमाले निकट जनप्रतिनिधिले दाबी गरेका छन्। उपप्रमुख चौधरीले प्रशासकीय अधिकृत ज्ञवालीले नियोजित रूपमा नगर सभाका एकैदिनका बैठकमा अलग–अलग उपस्थिति गराउने गरेको आरोप लगाइन्।

तर, नगरप्रमुख खाँणले एमालेका जनप्रतिनिधि समयमा बैठकमा नआएकोले गणपुरक संख्या नपुगेपछि सभा स्थगित गरेको बताए।

‘तिलोत्तमामा एमालेका जनप्रतिनिधिको अवरोधका कारण नगरसभाबाट बजेट पारित हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved