श्रीलंकामा नयाँ राष्ट्रपति चुन्न आज मतदान हुँदै

  • साउन ४, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । श्रीलंकामा नयाँ राष्ट्रपति चुन्न आज मतदान हुँदैछ । गोटावाया राजापाक्षेले राजीनामा दिएपछि श्रीलंकामा नयाँ राष्ट्रपतिका लागि आज संसदमा मतदान हुन लागेको हो ।

आज हुने चुनावमा तीन जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, विपक्षी समर्थित दुल्लास अलाहप्पेरुमा र मार्क्सवादी पार्टीका नेता अनुरा कुमारा दिसानायके प्रतिष्पर्धामा छन् । विक्रमासिंघेको नाम हिजोको संसदमा सत्तारुढ दलका नेता दिनेश गुणवर्द्धनेले प्रस्ताव गरेका थिए।

दुई सय २५ सदस्यीय संसदमा पूर्वराष्ट्रपति राजापाक्षेको दल पोदुजाना पेरुमुनाका १ सय ४५ सांसद रहेका छन् । राजापाक्षेको दललाई अरू सात जना सांसदको पनि समर्थन रहेको छ । राष्ट्रपति चयनका लागि १ सय १३ मत आवश्यक पर्छ । यसअघि आफू मात्रै सांसद रहँदा रहँदै पनि युनाइटेड नेशनल पार्टीका सांसद विक्रमासिङ्घे प्रधानमन्त्री बनेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved