पोखराका मेयर धनराज आचार्यको सम्पत्ति ४३ करोड ६१ लाख रुपैयाँ

  • साउन ५, २०७९
  • कालापानी मिडिया
alt

कास्की । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । आचार्यले आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति विवरण पोखरा महानगरपालिकाको वेबसाइटमार्फत सार्वजनिक गरेका हुन्।

मेयर आचार्यसँग ४३ करोड ६१ लाख ४५ हजार ६ सय १६ रूपैयाँ बराबरको सम्पत्ति भएको उल्लेख छ । बैंक, वित्तीय कोष, नातेदार र मित्रसँग गरी २ करोड ८५ लाख रुपैयाँ ऋण रहेको पनि उल्लेख छ । ऋण घटाउँदा पनि उनीसंग खुद सम्पत्ति ४० करोड ७६ लाख ४५ हजार ६ सय १६ रूपैयाँ छ ।

मेयर आचार्यको सबैभन्दा धेरै रकम शेयरमा छ । विभिन्न कम्पनीमा शेयर र लगानी गरेर २५ करोड ९९ लाख ४५ हजार ६ सय १६ रूपैयाँ रहेको उल्लेख गरेका छन् । उनको सबैभन्दा धेरै शेयर जलविद्युत् आयोजनामा रहेको छ । त्यस्तैगरी पोखरामा ३ करोड ५० लाख पर्ने जग्गा र दोलखाको हेवामा ८७ लाख रुपैयाँ पर्ने जग्गा छ ।

उनले दुई करोड मूल्य बराबरका ४ वटा गाडी र ३ वटा स्कुटर आफूसँग रहेको विवरण दिएका छन् । पोखरा–९ नयाँ बजारमा श्रीमती पुष्पकुमारी पौडेलका नाममा ९ करोड २५ लाख मूल्य बराबरको दुई वटा घर, काठमाडों सीतापाइलामा श्रीमतीकै नाममा १ करोड ८५ लाख मूल्य बराबरको एउटा घर रहेको छ । त्यस्तै उनले ५४ तोला सुन, ३८ तोला चाँदी र ५ तोला हिरा रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved