एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई कोरोना सङ्क्रमण भएको छ ।
ह्वाइहाउसका प्रवक्ता केराइन जीन पयरेले राष्ट्रपति बाइडेनलाई सङ्क्रमण भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
राष्ट्रपति बाइडेन निवासमै आइसोलेशनमा रहेको र सामान्य औषधिको प्रयोग गरिरहेको पनि खबरमा उल्लेख छ ।
७९ वर्षीय राष्ट्रपति बाइडेनमा कोरोनाका सामान्य लक्षण देखिएका छन् । उहाँले निवासबाटै काम गर्ने प्रवक्ता पयरेले बताउनुभएको छ ।
राष्ट्रपति बाइडेनले यसअघि नै कोरोनाविरुद्धको बुष्टरमात्रा समेतको खोप लगाइसक्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved