पर्वतमा मनपरि भाडा असुलेको गुनासोपछि नयाँ भाडादर तोकियो

  • साउन ७, २०७९
  • कालापानी मिडिया
alt

पर्वत । पर्वतमा मनपरि भाडा लिएको गुनासोपछि जिल्लाभित्र चल्ने जीप तथा बसका लागि नयाँ भाडादर तोकिएको छ ।

नयाँ कायम भएको भाडादर अनुसार पर्वतका कच्ची सडकमा यात्रा गर्ने यात्रुका लागि जीपमा प्रतिकिलोमिटर ११ रुपैयाँ र बसमा प्रतिकिलोमिटर १० रुपैयाँ तोकिएको छ । त्यस्तै कालोपत्रे, ग्राबेल र पक्की सडकमा प्रतिकिलोमिटर जीपमा ९ रुपैयाँ ५० पैसा र बसमा ९ रुपैयाँ कायम गरिएको छ । यसअघि ग्रामीण क्षेत्रमा चल्ने जीपले प्रतिव्यक्ति प्रतिकिलोमिटर २७ रुपैयाँसम्म भाडा लिँदै आएका थिए ।

नयाँ भाडादरलाई यात्रुले देख्नेगरी टाँस्न पनि यातायात व्यवसायीलाई अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । अटो रिक्सामा कुश्मा बजार भित्र प्रतिव्यक्ति ५० रुपैयाँ र फलेवास नगरपालिकाको रुट कायम गरी प्रतिकिलोमिटर १५ रुपैयाँ मात्रै लिन पाउने निर्णय भएको छ ।

nirnaya_001_tT41ugRP7M

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved