एजेन्सी । मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्य संगठन डब्लूएचओद्वारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा, ७५ देशमा १६ हजारभन्दा बढि संक्रमित ।
विश्व स्वास्थ्य संगठन डब्लूएचओले मंकीपक्स प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
विश्वभरका ७५ देशमा फैलिएपछि डब्लूएचओले मंकीपक्सलाई विश्व स्वास्थ्य आपत्काल घोषणा गरेको हो ।
संक्रमणका घटना बढेपछि डब्लूएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि सबैभन्दा उच्च तहको चेतावनी जारी गरिएको जनाएको छ ।
विश्व स्वास्थ्य संगठन महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसले ७५ देशमा १६ हजारभन्दा धेरै केस रिपोर्ट गरिएको भन्दै अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको जानकारी दिएका छन् ।
मंकीपक्सबाहेक अहिले कोरोना र पोलिओ उन्मुलनसम्बन्धी अन्य दुई प्रकारका विश्वव्यापी स्वास्थ्य आपत्काल लागु छन् ।
यो भाइस पहिलो पटक सन् १९५० मा मध्यअफ्रिकामा देखा परेको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved