काठमाडौं । झापाको कचनकवल गाउँपालिका–५ बेल्लेगाउँमा तीन किशोरी एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झुण्डिएर मृत भेटिएकाहरू १६ वर्षीया करिना गणेश, १७ वर्षीया अन्जली गणेश र १६ वर्षीया कल्पना गणेश रहेका छन् । मृतक तीनैजना किशोरीहरू पनि स्थानीय चियाबगानका मजदुरहरू हुन् ।
आइतबार बिहान चिया बगानमा चिया टिप्न जानेहरूले जिङ खोला नजिकै बयरको रुखमा झुण्डिएको अवस्थामा देखेपछि होहल्ला गरेर प्रहरीलाई खबर गरेका थिए ।
शनिबार दिउँसोसम्म स्थानीय चिया पसलमा किशोरीहरूले नास्ता खाँदै गरेको देखेका थिए । त्यसपछि उनीहरू सम्पर्कविहीन भएसँगै आफन्तले उनीहरूले बोक्ने मोबाइल नम्बरमा फोन गर्दा फोन गए पनि नउठेपछि रातभर खोजतलास गरेका थिए ।
‘यस्तो घटना किन भयो भन्ने कुरा कसैलाई अहिलेसम्म जानकारी भएको छैन, परिवारले पनि अहिलेसम्म पत्तो पाएको छैन ।
किशोरीहरूको आत्माहत्या की हत्या भन्ने कुरा खुल्न नसकेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved