काठमाडौं । प्रहरीले काठमाडौंको तीनकुनेस्थित कल सेन्टरमा छापा मारेको छ।
सोमबार दिउँसो उक्त कल सेन्टरबाट गैरकानुनी गतिविधि भइरहेको सूचनाका आधारमा काठमाडौँ प्रहरी परिसरले छापा मारेको हो।
उक्त कल सेन्टर चिनियाँ नागरिकले सञ्चालन गरिरहेको भन्ने बुझिएको छ।
प्रहरीका अनुसार टोलीले छापा मारिरहेको र केही व्यक्तिसहित कागजात र उपकरण प्रहरीले नियन्त्रणमा लिएको छ।
यसअघि पनि कल सेन्टरबाट गैरकानुनी गतिविधि भइरहेको सूचनाको आधारमा प्रहरीले उपत्यका र अन्य जिल्लाबाट पनि कलसेन्टरमा कार्यरत युवायुवतीलाई पक्राउ गरेको थियो।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved