गोप्य तस्बिर सार्वजनिक गर्ने धम्की दिदैं ब्ल्याकमेल गर्ने दुई जना पक्राउ

  • साउन ९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । तस्बिरको दुरुपयोग गरी एक युवतीलाई ब्ल्याकमेल गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रुपन्देही सैनामैनाकी १९ वर्षीया एक युवतीको गोप्य तस्बिर सार्वजनिक गरिदिने धम्की दिँदै ब्ल्याकमेल गर्ने गैडहवाका दुई जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा गैडहवा गाउँपालिकाका १७ वर्षीय एक किशोर र गैँडहवा गाउँपालिका–९ बस्ने २० वर्षीय जगन्नाथ मल्लाहलाई सैनामैना नगरपालिका–७, देउपारबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

युवतीले डेढ वर्ष अगाडि आफ्नो मोबाइलले खिचेको गोप्य तस्बिरका आधारमा ब्ल्याकमेल गर्दै उनीहरुले यौन सम्पर्कको प्रस्ताव राखेका थिए। यौनसम्पर्क गर्न अस्वीकार गरेपछि जबरजस्ती गर्न खोज्दा भागेकी युवतीलाई प्रहरीले उद्धार गरेको छ।

युवतीले प्रहरीलाई दिएको बयानअनुसार करिब डेढ वर्षअघि युवतीले आफ्नै मोबाइलमा खिचेका गोप्य तस्बिरहरु अपरिचित व्यक्तिले फेला पारेका थिए। करिब १५ दिन अगाडिदेखि उनीहरुले फोटो भाइरल गराइदिने भन्दै ब्ल्याकमेल गर्न सुरु गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नयाँ वर्षमा राजा ज्ञ ...

काठमाडौँ- राजा ज्ञानेन्द्र शाहले विगतका कमीकमजोरी र त्रुटिहरूलाई सच्याउँदै संवाद र सहमतिबाट समाधान ख ...

सर्वोच्चले भन्यो ओली ...

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फेरि म् ...

राजसंस्था नै मेरो आस ...

अनुपमा जोशी । नेपालको इतिहासमा राजसंस्था केवल एक राजनीतिक व्यवस्था मात्र नभएर यो देशको जग र अस्तित्व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved