निर्मला पन्त बलात्कार पछि हत्याको चार वर्षः न बलत्कारी भेटियो न राज्यले चासो राख्यो

  • श्रावण १०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार वर्ष पुगेको छ ।

तर, हत्या भएको चार वर्षसम्म पनि दोषी पत्ता लाग्न सकेको छैनभने राज्यले पनि त्यति धेरै चासोका साथ यो घटनालाई लिएको देखिदैन ।

यदपी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने यो विष्यलाई नयाँ तरिकाबाट अनुसन्धान भइरहेको भन्दै यसको छिनोफानो गर्न प्रहरीले कुनै कसुर बाँकी नराख्ने बताएको छ ।

अहिले पनि त्यस क्षेत्रका १८ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरीले जनाएको छ । हत्याकाण्डको अनुसन्धानका लागि १ सय ७ जनाको डीएनए परीक्षण भइसकेको छ भने अहिलेसम्म ६ सय ३५ जनालाई सोधपुछ गरिएको छ ।

नेपाल प्रहरीले धेरै साधन स्रोत र जनशक्ति खर्च गरेर निरन्तर चार वर्षसम्म यसरी अनुसन्धान गरेको यो पहिलो घटना भएको प्रहरी अधिकारीहरु बताउँछन् ।

२०७५ साल साउन १० गते उल्टाखामकी १३ वर्षकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । हत्या भएको भोलिपल्ट उखुबारीमा पन्तको शव भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved