काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाँचुन्जेल सामजिक कार्यमा लाग्ने बताएका छन् ।
मंगलबार व्यास नगरपालिका १४ कुलुङ्गमा कार्यकर्तासँग भेटघाट गर्दै उनले यस्तो बताएका हुन् ।
नेता पौडेलले भने, ‘म जति दिन बाँच्छु, बाँचुन्जेल सामाजिक क्षेत्रमै काम गर्छु।' साथै उनले व्यास नगरपालिका १२ को छिर्कनबाट व्यास–१४ को कुलुड हुँदै केशवटार जोड्ने सडक निर्माण गर्न आफूले विशेष पहल गरेको भन्दै कुलुङ्ग, छाब्दी र बन्दीपुरलाई जोडेर पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा नेता पौडेलले जोड दिए ।
पर्यटकीय प्रवर्द्धनका लागि जिल्लाका ऐतिहासिक एवम् धार्मिक क्षेत्रको संरक्षण र संवर्द्धनमा जोड दिन आवश्यक रहेको नेता पौडेलको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved