स्थानीय तह निर्वाचनको अन्तिम विवरण सार्वजनिकः कसको मत कति ?

  • श्रावण १०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । निर्वाचन आयोगले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको अन्तिम विवरण सार्वजनिक गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितको उपस्थितिमा पत्रकार सम्मेलन गरेर विवरण सार्वजनिक गरिएको हो।

आयोगका प्रवक्ता शालिग्राम पौडेलले ती दलका नगर प्रमुख/उपप्रमुख र पालिका अध्यक्ष/उपाध्यक्षको मत विवरण पनि सार्वजनिक गरेका हुन्।

सार्वजनिक मत विवरणमा आयोगले कांग्रेसले दोस्रो स्थानको एमालेभन्दा १ लाख ४४ हजार ५९१ बढी मत ल्याएको जनाएको छ।

वडाध्यक्षको मतको आधारमा दलहरूको लोकप्रिय मत गनिएको हो। आयोगका अनुसार कांग्रेसले ३९ लाख ५६ हजार १९३ मत ल्याएको छ।

एमालेले ३८ लाख ११ हजार ६०२ मत ल्याएको छ। कांग्रेसले ३४।२८ र एमालेले ३३।०३ प्रतिशत पाएको आयोगले जनाएको छ ।

नेकपा माओवादी केन्द्रले १५ लाख तीन हजार २ सय ४७ मत ल्याएको छ।

जनता समाजवादी पार्टीले ५ लाख ७७ हजार ३८०, नेकपा एकीकृत समाजवादीले चार लाख २२ हजार ७३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ६४ हजार १६० मत ल्याएका छन्।

जसअनुसार माओवादीले १३।०३, जसपाले ५, समाजवादीले ३।६६ र राप्रपाले ३।१६ प्रतिशत मत ल्याएका छन्।

कसले कति पाए ?

नेपाली कांग्रेस
नगर प्रमुख : १३७ पुरुष, ४ महिलासहित १४१ जना
मतसंख्या : २२ लाख ७९ हजार ३६३
उपप्रमुख २२ पुरुष, ८८ महिलासहित ११० जना
मतसंख्या : १५ लाख १५ हजार ३९८
मत प्रतिशत : २४.२०
गाउँपालिका अध्यक्ष : १८३ पुरुष र ५ महिला
मतसंख्या : १४ लाख ६७ हजार ३८१
मत प्रतिशत : ३३.०२
उपाध्यक्ष ५१ पुरुष, ५१ महिलासहित १९० जना
मतसंख्या : १२ लाख ७१ हजार
मत प्रतिशत : ३०.०७

नेकपा एमाले
नगर प्रमुख: ७७ पुरुष, ६ महिलासहित ८३ जना
मत संख्या :२३ लाख ४८ हजार ७०९
मत प्रतिशत : ३४.५८ प्रतिशत
उपप्रमुख ११ पुरुष १०४ महिला गरी ११५ जना
मत संख्या : २२ लाख ७० हजार ३२४
मत प्रतिशत : ३६.२५ प्रतिशत
गाउँपालिका अध्यक्ष : ११९ पुरुष र ४ महिलासहित १२३ जना
प्राप्त मत : १४ लाख ७२ हजार ९५९
मत प्रतिशत : ३३.१४ प्रतिशत
उपाध्यक्ष १३ पुरुष र ११३ महिलासहित १२६ जना
मत संख्या : १४ लाख ११ हजार १७५
मत प्रतिशत : ३३.९३

माओवादी केन्द्र
नगर प्रमुख : २४ पुरुष र १ महिलासहित २५ जना
मत संख्या : ६ लाख २७ हजार ६९३
मत प्रतिशत : ९.२४ प्रतिशत
उपप्रमुख : १८ पुरुष र १५ महिलासहित ३३ जना
मत संख्या : ९ लाख ४९ हजार ५८
मत प्रतिशत : १५.१७ प्रतिशत
गाउँपालिका अध्यक्ष : ९३ पुरुष ३ महिला ९६
मत संख्या : ७ लाख १० हजार २१२
मत प्रतिशत : १५.९८ प्रतिशत
गाउँपालिका उपाध्यक्ष : ४७ पुरुष र ४८ महिलासहित ९५ जना
मत संख्या : ७ लाख ४६ हजार ५४०
मत प्रतिशत : १७.६६ प्रतिशत

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved