एजेन्सी । रूसले युक्रेनको ब्ल्याक सीमा पुनः आक्रमण गरेको छ ।
ओडेसा र माइकोलाइभलाई निशाना बनाएर रूसले हवाई आक्रमण गरेको हो ।
युक्रेनी सेनाका अनुसार देशको दक्षिणी तटमा निजी भवन र बन्दरगाह पूर्वाधारमा क्षेप्यास्त्र आक्रमण भएको छ भने ओडेसा क्षेत्रका तटीय गाउँका धेरै निजी भवनमा प्रहार भएको छ ।
ओडेसा बन्दरगाहबाट खाद्यान्न ढुवानी पुनः सुरु गर्न मस्को र किएभ सहमत भएको एक साता नबित्दै रूसले बन्दरगाह पूर्वाधारलाई लक्षित आक्रमण बढाएको हो ।
यसैबीच, रुसका एकजना शीर्ष कूटनीतिज्ञले युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न मस्को तयार रहेको दोहो¥याएका छन् । यद्यपि उनले युक्रेनका सहयोगी पश्चिमा देशले त्यो नचाहेकोे दाबी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved