बैतडी । विषालु च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी परेका छन् । मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका उनीहरु बिरामी परेका हुन् ।
च्याउ खाएपछि १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता, १० वर्षीय किरन, आठ वर्षीया सोनिया र चार वर्षीया दिव्या जोशी बिरामी भएका बैतडीका प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए।
उनका अनुसार बिरामी परेकाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ । उनीहरुले हिजो बिहान जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएका थिए । च्याउ खाएको केहीबेरपछि उनीहरुले बान्ता गर्न थालेका थिए।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved