काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फोहर संकलन सुरु गरेको छ ।
सडक निर्माणको काम आज सम्पन्न हुने भएसँगै आजदेखि फोहर उठाउन सुरु गरिने बताए बमोजिम बिहानैदेखि फोहोर संकलन सुरु गरिएको हो ।
महानगरले जारी गरेको सूचनामा आज बिहान ६ बजेदेखि पायक पर्ने स्थानमा फोहरमैला ढुवानीका लागि आउने सवारी साधनसम्म फोहर पु¥याउन आग्रह गरिएको थियो ।
उपत्यकाको फोहर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक बनाउन सवारी आवतजावतका कारण कठिनाइ भएकोले साउन ३ गते सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई पत्र पठाएको थियो ।
विभागको पत्रका विषयमा महानगरका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा रहेको फोहर व्यवस्थापन समितिको बैठक बसेको थियो ।
छलफलपछि बैठकले स्यानिटरी ल्याण्डफिल साइट जाने सडक मर्मत नहोउन्जेल फोहर ढुवानी कार्य रोक्ने निर्णय गरेको थियो । त्
यस लगत्तै सूचना जारी गर्दै महानगरले ७ दिन घर, पसल तथा व्यवसायबाट उत्पादन हुने फोहर बाहिर ननिकाल्न अपील गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved