चितवन, पर्सा, कास्की, रुपन्देहीलगायत ठाउँमा ठूलो वर्षा, बाढी र डुबानको जोखिम

  • श्रावण १२, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । चितवन, पर्सा, कास्की, रुपन्देहीलगायतका ठाउँमा ठूलो वर्षा भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले बुधबार राति सूचना निकालेर चितवनको शक्तिखोर, माडी क्षेत्रको छर्छरे, कल्याणपुर, बनकट्टा, गोविन्दबस्ती र आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टामा ठूलो वर्षा भएकाले बाढी र डुबानको जोखिम रहेको जनाएको हो ।

ठूलो वर्षाका कारण त्यस क्षेत्र आसपास भइ बहने रिउखोला र अन्य खहरे खोलामा बाढी आउन सक्ने भएकाले नदी तटीय क्षेत्रमा बाढी र डुबानको जोखिम भएका ठाउँमा सतर्कता अपनाउन सूचनामा भनिएको छ ।

यस्तै, पर्साको ठोरी, मकवानपुरको हेटौँडा, नवलपरासी, रुपन्देही, कास्की र आसपासका क्षेत्रमा पनि ठूलो वर्षा भएको र यी क्षेत्रमा फेरि पनि ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यी क्षेत्र भइ बहने साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेकाले बिहान १० बजेसम्म नै सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज प्रदेश(१, मधेस प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

यसैबीच, पानी परिरहेकाले गाडी चलाउँदा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । सडकका खाल्डाखुल्डीमा पानी जमेको हुन सक्ने र सडक चिप्लो हुने हुँदा दुर्घटनाको जोखिम रहेकाले गाडी चलाउँदा सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved