एजेन्सी । चार जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि चीनको वुहान लकडाउनको घोषणा गरिएको छ ।
वुहानको जियाङ्जिया क्षेत्रका चार जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै सहरमा ३ दिनका लागि लकडाउन घोषणा गरिएको हो ।
पछिल्लो समय चीनले कोरोना भाइरससँग लड्न ‘जिरो कोभिड’ रणनीति अपनाइरहेको छ ।
यसअन्तर्गत ठूलो मात्रामा कोरोना परीक्षण, कडा आइसोलेसन र स्थानीय लकडाउन जस्ता कदमहरू चालिरहेको छ । यसबाट चीनमा कोभिडबाट मृत्यु हुनेको संख्या अन्य देशको तुलनामा उल्लेखनीय रूपमा कमी भएको छ ।
१२ लाख जनसंख्या रहेको वुहान सहरमा नियमित रूपमा कोरोना परीक्षण भइरहेको छ । यदपी दुई दिनअघि दुई जनामा संक्रमण पुष्टि भएको वुहानमा त्यसपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिको खोजी गर्दै जाँदा थप दुई जनामा संक्रमण देखिएको हो ।
त्यसको केही समयपछि शहरका सबै सार्वजनिक स्थलहरू बन्द गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved