देशमा सुशासन नै रहेनः डा. शेखर कोइराला

  • साउन १२, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन नरहेको टिप्पणी गरेका छन् ।

बिहीबार काठमाडौंमा डा. दीपकप्रकाश बास्कोटाद्वारा लिखित ‘निष्ठाको यात्रा’ नामक कृतिको लोकार्पण एवं वैदिक नेपालको भविष्य नामक समारोहमा कोइरालाले देशलाई श्रीलंका बन्नबाट रोक्न दण्डहीनता अन्त्य गर्नु जरुरी रहेको बताए ।

‘यसैगरी घिचघिच गरेर देश चलाउने हो भने हामी कहीँको रहँदैनौँ । देश कता पुग्छ, कसरी जान्छ भन्ने हामी सबैलाई चिन्ता छ,’ कोइरालाले भने, ‘श्रीलंका नबनोस् भन्नका लागि दण्डहीनताको अन्त्य गर्नुपर्ने जरुरी छ । भ्रष्टाचार निर्मुल गर्नुपर्ने जरुरी छ । सुशासन दिन सक्नुपर्छ । यो देशमा सुशान छँदै छैन भने पनि हुन्छ ।’

नैतिकता नहुनेहरूले राजनीति गर्न नहुने उनको भनाइ थियो । ‘राजनीति गर्ने व्यक्तिहरूमा र जो प्रजातन्त्रवादी हुन्छ, त्यसमा नैतिकता भएन भने फेरि राजनीति नगरे हुन्छ । नैतिकताको धेरै अंश राजनीति गर्ने व्यक्तिहरूमा हुनैपर्छ,’ उनले भने ।

अहिलेका नेताहरू जनताबाट धेरै टाढा भइसकेको कोइरालाले बताए । राजनीति गर्नेहरूले जनतासँग जोडिन आवश्यक रहेको उनको भनाइ थियो । जनतासँग जोडिन कन्जुस्याईं गर्दा जनताले राजनीतिको फाइदा लिन नसक्ने कोइरालाको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved