खोटाङमा भूकम्पले २ विद्यालय भवन, एक प्रहरी चौकी र ४ सय ७५ घरमा क्षति

  • साउन १७, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । खोटाङको साकेला गाउँपालिका–४ मात्तिमबिर्तालाई केन्द्रबिन्दु बनाएर आइतवार गएको भूकम्पले दुई विद्यालय भवन, एक प्रहरी चौकी र ४ सय ७५ घरमा क्षति पुगेको तथ्याङ्क सङ्कलन भएको छ । जिल्ला विपद् व्यवस्थापन कार्यालयका अनुसार एउटा घर पूर्णरूपमा भत्किएको छ भने अरु चर्किएका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका तेजबहादुर नेपालीको घर पूर्ण रूपमा भत्किएको हो । साउन १५ गते बिहान ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यो भूकम्पले केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरको थर्पुडाँडा माविको चारकोठे भवन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा रहेको सुर्केडाँडा माविको चारकोठे भवन तथा केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा प्रहरी चौकी भवनमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राईका अनुसार आजसम्मको विवरणमा साकेलामा ४ सय ६४ घरमा क्षति पुगेको छ । भूकम्पले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडामा ६ घर, हलेसी तुवाचुङ नगरपालिकाको महादेवस्थान र सल्लेमा एक–एक घर, खोटेहाङ गाउँपालिकामा दुई र रावाबेँसी गाउँपालिकामा एक घरमा क्षति भएको विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँले जानकारी दिए।
२०७२ साल वैशाख १२ गते गएको भूकम्पपछिको यो अर्को ठूलो भूकम्प हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved