काठमाडौं । मंसिर ४ गते संघीय तथा प्रदेशसभा निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ ।
बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते चुनाव गर्नेगरी सहमति जुटेको हो ।
सत्ता गठबन्धनमा भएको सहमतिअनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गर्नेछ ।
जसअनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्ने सम्भावना रहेको छ।
बुधबारको बालुवाटार बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू उपस्थित थिए ।
निर्वाचन आयोगले आगामी ४ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई यसअघि नै सिफारिस गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved