चीन-ताइवान तनाव : न्यान्सी पलोसी फर्किएसँगै चीनले गर्‍यो सैन्य अभ्यासको घोषणा

  • साउन १९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । अमेरिकी प्रतिनिधि सभाका अध्यक्ष न्यान्सी पेलोसी ताइवानबाट बाहिरिएसँगै चीनले आसपासको क्षेत्रमा सैन्य अभियान सुरु गरेको छ। ताइवानले चीनका २७ जंगी विमान पहिला नै उसको हवाइ क्षेत्रमा प्रवेश गरेको जनाएको छ।

चीनको यो सैन्यअभ्यास विश्वको सबैभन्दा व्यस्त जलमार्गमा हुने छ र यसमा लामो दूरीसम्म गोला बारूद प्रहार हुनेछ। ताइवानले यस अभ्यासबाट बच्नका लागि जहाजहरुलाई वैकल्पिक मार्ग खोजी गर्न भनेको छ। साथै उसले आफ्नो छिमेकी मुलुक जापान र फिलिपिन्सका साथ वैकल्पिक हवाइ मार्गमाथि चर्चा गरेको छ।

चीनको चेतावनीपछि मंगलबार न्यान्सी पेलोसी ताइवान पुगेकी थिइन्। बुधबार ताइवानका राष्ट्रपति साई इंग-वेनसँग भेटवार्ता गरेपछि उनी अमेरिका प्रस्थान गरेकी हुन्।

अवस्थालाई सामान्य गर्नका लागि जी-७ समूह देशका विदेश मन्त्रीले एक संयुक्त बयान जारी गरेको छ। चीनको कारबाहीले यस क्षेत्रमा अस्थिरता पैदा हुने जोखिम बढेको छ। जी-७ समूहमा कनाडा, फ़्रान्स, जर्मनी, इटली, जापान, ब्रिटेन र अमेरिका सहभागी छन्। पेलोसी अमेरिकाकी पहिली यस्ती शीर्ष अधिकारी हुन्, जसले २५ वर्षमा पहली पटक ताइवानको भ्रमणमा गएका छन्।

चीनले इस यात्रालाई नगर्न चेतावनी दिएको थियो। चीन ताइवानलाई आफ्नो क्षेत्र मान्छ र यसको स्वतन्त्रताको बिरोध गर्छ। चीनका विदेशमन्त्री वांग यीले अमेरिकामाथि तथाकथित लोकतन्त्र को आडमा चीनको सम्प्रभुताको उल्लंघन गरेको आरोप लगाएको छ। उनले भनेका छन्, जो मानिस आगोसँग खेल्छ, उसको अन्त्य राम्रो हुँदैन र चीनको अपमान गर्नेहरूले सजाय भोग्ने छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved