काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले अब निर्वाचनको तयारीमा केन्द्रित हुन निर्देशन दिएका छन् ।
शुक्रबार पार्टीको एक कार्यक्रममा बोल्दै उनले एमालेले अहिलेको निर्वाचन हार्न नमिल्ने दाबी समेत गरे ।
ओलीले एमालेले हार्दा देश हार्ने दाबी समेत गरे । “अहिलेको निर्वाचन हामीले हार्न मिल्दैन । नेकपा एमालेका लागि त केही छैन । पाँच वर्ष प्रतिपक्षमा बस्छ । प्रतिपक्षमा बसेर जनताको पक्षमा बोल्छ, आवाज उठाउँछ ।
राष्ट्रियता, लोकतन्त्र, स्वच्छता, शुसासन, विकासको प्रश्नमा बोल्छ,” ओलीले भने,“ यस्ता काम गर्न कार्यक्षेत्र केही हुने होइन् । तर, एमालेले हार्दा देश हार्छ ।
एमालेले जित्नैपर्ने कारण के छ भने देशलाई जिताउनुपर्ने छ । देशलाई हार्न दिनुहुने छैन ।” उनले आफू सरकारबाट हटेयता भ्रष्टाचार बढेको दाबी गरे ।
गठबन्धनममा रहेका नेताहरुको उद्धेश्यमाथि समेत प्रश्न उठाए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved