प्रचण्डले गरे जापानको शान्ति स्मृति सङ्ग्रहालयको अवलोकन

  • साउन २२, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आणविक बम खसेको हिरोशिमा शहरस्थित शान्ति स्मृति सङ्ग्रहालयको अवलोकन गरेका छन्। उनि पाँच दिने भ्रमणका लागि जापानमा छन्। आइतबार सोही सङ्ग्राहलयको अवलोकन गरेको उनको सचिवालयले जनाएको छ । सङ्ग्रहालय क्षेत्रको अवलोकन गरेपछि उनले केही तस्बिर समेत खिचाएका थिए।

७७ वर्षअघि अमेरिकाले हिरोशिमामा परमाणु बम खसालेको थियो । यो आक्रमणमा हिरोशिमाका ३ लाख ५० हजार जनसंख्या मध्ये १ लाख ४० हजारको मृत्यु भएको थियो । बम विस्फोटपछि एशियामा युद्ध समाप्त भएको थियो । १४ अगस्ट १९४५ मा जापानले आत्मसमर्पण गरेको थियो । नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा उनि गत शुक्रबार जापान गएका थिए । अध्यक्ष प्रचण्ड यही साउन २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved