बैतडीमा ११ मतदानस्थलको नाम र स्थान परिवर्तन

  • श्रावण २२, २०७९
  • कालापानी मिडिया
alt

बैतडी । जिल्ला निर्वाचन कार्यालय बैतडीले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको लागि तयारी थालेको छ। जिल्लामा रहेका १२९ वटा मतदान स्थलहरूमध्ये ११ वटा मतदानस्थलको नाम तथा स्थल परिवर्तनका लागि सिफारिस गरिएको छ। दशरथचन्द नगरपालिका ८ को गाविस भवन त्रिपुरा सुन्दरीमा रहेको केन्द्रलाई स्वास्थ्यचौकी भवन त्रिपुरासुन्दरीमा, दशरथचन्द नगरपालिका १ को गाविस भवन गुरुखोला रहेकोमा मणिलेक मावि गुरुखोलामा, मेलौली नगरपालिका २ को गाविस भवनसलेना मणिकुल मतदान स्थल रहेकोमा नजिकैको धरमघर माविमा मतदानस्थलमा सार्न प्रस्ताव गरिएको छ।

दोगडाकेदार गाउँपालिका ७ को गाविस भवन लोटनपाखा रहेकोमा भुमेश्वर आधारभुत विद्यालय रिखाली मतदान स्थल रहने छ। सिगास गाउँपालिका ४ को कैलपाल आधारभुत विद्यालयमा मतदान स्थल रहेकोमा अब वडा कार्यालयमा मतदानस्थल राखिनेछ। ठाउँ अभावले गर्दा केन्द्र परिवर्तन गर्नुपरेको निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयालले जानकारी दिए। यसैगरी पुराना गाविस भवन भनेर नामाकरण गरिएका मतदान केन्द्रहरूको नाम पनि परिवर्तन गरिएको छ। पुर्चौडी नगरपालिकाको ७ को गाविस भवन कोटिला राइनेचौर रहेको मतदान केन्द्रको नाम ७ नं वडा कार्यालय कोटिला राइनेचौर नाम राख्न सिफारिस गरिएको छ।

पञ्चेश्वर गाउँपालिका ६ को गाविस भवन रोडिदेवल नाम रहेको मतदान केन्द्रको नाम ६ नं वडा कार्यालय नामाकरणको लागि सिफारिस गरिएको छ। पञ्चेश्वर ५ को गाविस भवन गिरेगडा नामाकरण गरिएको स्थलको नाम ५ नं वडा कार्यालय गिरेगडा नामाकरण गरिएको छ। पञ्चेश्वर गाउँपालिका २ को गावि भवन नामाकरण गरिएको मतदान स्थललाई २ नं वडा कार्यालय महाकाली नामाकरण गरिएको छ। दशरथचन्द नगरपालिका ५ को गाविस भवन पल्लाचौडाली रहेकोमा ५ नं वडा कार्यालय पल्लाचौडाली नामाकरणका लागि सिफारिस गरिएको छ।

सुर्नया गाउँपालिका १ को गाविस भवन गुर्केली नामाकरण गरिएको मतदानस्थलको नाम १ नं वडा कार्यालय हटैराज नामाकरणका लागि सिफारिस गरिएको निर्वाचन कार्यालयले जनाएको छ। गाविसको कार्यालय नामाकरण गरिएका स्थलहरूलाई वडा कार्यालय भनि नामाकरणको लागि सिफारिस गरिएको निर्वाचन कार्यालय बैतडीले जनाएको छ। जिल्लामा २ हजार ८०८ मतदाता थपिएका छन्। यही असार १ गतेदेखि साउन १९ गतेसम्म २ हजार ८०८ मतदाता थपिएको निर्वाचन अधिकारी फुयालले जानकारी दिए। जिल्लामा कुल मतदाताको संख्या १ लाख ४८ हजार ६०६ रहेको छ। जिल्लामा १२९ मतदान स्थल रहेका छन् भने २०५ मतदान केन्द्र रहेका छन्। सरकारले मंसिर ४ गते प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन एकै पटक गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved