धरानका मेयर हर्क साम्पाङको कार्यकक्ष तोडफोड गर्ने खगेन्द्र नेपाली पक्राउ

  • श्रावण २२, २०७९
  • कालापानी मिडिया
alt

रान । धरानका मेयर हर्क साम्पाङको कार्यकक्ष तोडफोड गर्ने बराह सहकारी पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय धरानको टोलीले उनलाई आईतबार(आज) धरानको भानुचोकस्थित बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो । नेपाली र संघर्ष समितिका प्रवक्ता प्रदिप बास्तोलाविरुद्ध मेयर हर्क साम्पाङले प्रहरीमा जाहेरी दिएका थिए । प्रवक्ता बास्तोलाई प्रहरीले बुधबार नै पक्राउ गरिसकेको छ। नेपाली भने जाहेरी पर्न साथ फरार रहेका थिए ।

दुवैविरुद्ध सार्वजनिक शान्ति सुरक्षाविरुद्धको जाहेरी परेपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी समेत ल्याएको थियो । नेपाली नेकपा एमालेको भातृ सङ्गठन नेपाल उत्पिडित जाति मुक्ति समाज धरान नगर कमिटी सहसंयोजक समेत हुन ।

बास्तोलालाई ७ दिनको म्याद थपसमेत भएर अनुसन्धान भइरहेको धरान प्रहरीले जनाएको छ। पक्राउ परेका नेपालीलाई म्याद थप अनुमतिको लागि जिल्ला पठाइसकेको डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

राप्रपा अध्यक्ष लिङद ...

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष एव पुर्वमन्त्री राजेन्द्र लिङदेन कञ्चनपुर आएका छन । ...

गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved