बाँके र बर्दियाका १२ प्रतिशत नागरिक पाइप प्रणालीको पानी खाँदै

  • साउन २३, २०७९
  • कालापानी मिडिया
alt

दाङ । लामो समयदेखि ट्युबेल, कुवालगायत ठाउँको रातो पानी खाइरहेको बाँके बर्दिया नागरिकहरू भने अहिले पाइप प्रणालीको पानी खान पाउँदा निकै खुशी भएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नेपालसँग बाँकेले दुई जिल्लाका १२ प्रतिशत नागरिकहरूलाई पाइप प्रणालीको पानी खुवाउँदै आएपछि लामो समयदेखि दुषित पानी खाइरहेका बाँके र बर्दियाका नागरिकहरू भने गाउँमा खानेपानी आयोजना सञ्चालन भएर राम्रो पानी खान पाउँदा खुशी भएका हुन् ।

उनिहरुले विगतमा रातो पानी खाने गरेका थिए । अहिले डिप बोरीङकोे पानी घर घरका धारामा आएपछि धेरै स्वच्छ खाने पानी खान पाएको स्थानीयहरुको भनाइ छ । २०७२ सालदेखि स्थापना भएको श्रीराम कृष्ण खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खाने पानी वितरण गर्दै आएको छ । सहितिका सचिव कृष्णा गुरुङले २ लाख २५ हजार क्षमताको ओभरहेड ट्याङ्कीबाट पानी वितरण भइरहेको र यसबाट करिब ११ सय घरधुरीमा पानी पु¥याउन सकिने बताए ।
उसो त बाँके र बर्दियामा करिब ढेड सय खानेपानी आयोजनाहरूको काम भइरहेको छ । निर्माण सम्पन्न भएका आयोजनाले पानी खुवाउँदै आएका छन्, भने निर्माणाधीन रहेका आयोजना भएका ठाउँमा स्थानीयहरु अझै रातो पानी खान बाध्य नै छन् । खानेपानी डिभिजन कार्यालय बाँकेले अहिले बाँके र बर्दिया जिल्लामा हेर्दै आएको छ । २ जिल्लामा १२१ वटा खानेपानी आयोजनाहरू निर्माणाधीन रहेका छन्, भने चालुआर्थिकमा थप २२ वटा आयोजनाहरू निर्माण गर्ने तयारीमा रहेको छ । सबै आयोजनाहरू सम्पन्न भएमा करिब ८५ प्रतिशत नागरिकहरूले पाइप प्रणालीको पानी खाने कार्यालयको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved