मदन पुरस्कारका लागि यि ८ पुस्तक छानिए

  • साउन २३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । मदन पुरस्कारका लागि ८ पुस्तक छानिएका छन्। मदन पुरस्कार गुठीले २०७८ सालमा प्रकाशित पुस्तकमध्येबाट उत्कृष्ट ८ को सूची सार्वजनिक गरेको हो।

गुठीले दर्ता हुन आएका २ सय ९९ पुस्तकबाट उत्कृष्ठ ८ को सूची सार्वजनिक भएको हो। अन्तिम सूचीमा नवराज लम्सालको ‘अग्नि’, बसन्त बस्नेतको ‘महाभारा’, दामोदर पुडासैनीको ‘ग्रिष्मको नीलो बतास’, दीपा मेवाहाङ राई ‘यादको सन्दुक’, नयनाथ पौडेलको ‘लिच्छवी लिपी’, नीलमणि ढुंगानाको ‘संस्कृत–नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सती’ र पद्यसुन्दर जोशीको ‘हिती प्रणाली’ रहेका छन् ।

यिनै ८ पुस्तकमध्ये एकलाई २०७८ सालको मदन पुरस्कार प्रदान गरिनेछ। मदन पुरस्कारले पुस्तकसँगै कला साहित्यको क्षेत्रमा योगदान दिने व्यक्तिलाई जगदम्बाश्री पनि दिँदै आएको छ। मदन पुरस्कार र जगदम्बाश्रीको पुरस्कार राशि ४ लाख रहेको छ।

press-release_madanpuraskar-2078_shortlist-729x1024_t82XkRaX0S

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved