डडेल्धुराबाट ३ पटक हारेका खगराज भट्ट कञ्चनपुरबाट निर्वाचन लड्ने कसरतमा

  • श्रावण २५, २०७९
  • कालापानी मिडिया
alt

काठमााडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्टले कञ्चनपुरबाट निर्वाचनलड्ने चर्चा हुन थालेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराबाट तीन पटक पराजित भएका भट्ट गठबन्धन भएपछि कञ्चनपुरबाट निर्वाचन लड्ने तयारीमा रहेको बताइएको छ। उनी निकट स्रोतका अनुसार गठबन्धनबाट देउवा नै डडेल्धुरामा निर्वाचन लड्ने र भट्ट कञ्चनपुर क्षेत्र नम्बर २ बाट निर्वाचन लड्ने तयारीमा छन्। तर, यसबारे माओवादी र कांग्रेसले भने आधिकारिक धारण सार्वजनिक गरेका छैनन्।

माओवादी सुदूरपश्चिमका नेताहहरुका अनुसार देउवाले खगराज भट्टलाई सुदूरपश्चिमका जुनसुकै जिल्लाबाट चुनाव लडाएर भए पनि संसद्‍मा ल्याउने बताएका थिए। सोही अनुरुप खगराज भट्टले कञ्चनपुर २ बाट निर्वाचन लड्ने गृहकार्य थालेको बताइएको छ। तर, यो क्षेत्र काँग्रेसका नेता एनपी साउदको हो। उनी देउवा निकट भएकाले भट्टले गठबन्धनबाट सजिलै टिकट पाउन मुस्किल देखिएको छ। २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट एमालेका नरबहादुर धामीले निर्वाचन जितेका थिए। धामीले ३३ हजार २ सय २० मत ल्याएर विजयी भएका थिए भने काँग्रेसका नेता साउद २४ हजार ८ सय ९३ मत ल्याएर पराजित भएका थिए।

पहिलो संविधान सभा निर्वाचनमा देउवासँग १ हजार ३६८ मतको अन्तरले मात्रै खगराज पराजित भएका थिए। त्यतिबेला देउवाले २० हजार ५२९ मत ल्याउँदा खगराजले १९ हजार १६१ मत ल्याएका थिए। दोस्रो संविधान सभाको निर्वाचनमा भने मतान्तर थप फराकिलो भयो। देउवाले २३ हजार ९२० मत ल्याउँदा खगराजले १२ हजार ४९३ मत मात्रै ल्याए।

२०७४ सालको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट भाग लिएकाले खगराजले चुनौती दिएका थिए। तर, जित भएनन्। मतान्तरमा पनि सुधार आउन सकेनन्। स्थानीय तहको पार्टीगत मतलाई मूल्याङ्कन गर्न देउवाको भन्दा खगराजको अवस्था बलियो देखिन्थ्यो। तर, देउवा ६ हजार ९२९ मत अन्तरले विजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved