कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति चन्द विपी कांग्रेसमा प्रवेश

  • साउन २५, २०७९
  • कालापानी मिडिया
alt

डडेल्धुरा । नेपाली कांग्रेस दार्चुलाका पूर्वजिल्ला सभापति मानबहादर चन्द नेपाली कांग्रेस ९विपी०मा प्रवेश गरेका छन्। नेपाली कांग्रेस ९विपी०का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले उनलाई बुधबार पार्टी प्रवेश गराएका हुन्।

हाल कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडा बस्दै आएका चन्द पार्टी प्रवेश गर्न नेपाली कांग्रेस विपी जिल्ला कार्य समिति डडेल्धुराको पार्टी कार्यालय किसुनजी भवनमा पुगेका थिए।

चन्दले २०२९ सालमा नेविसंघबाट राजनीतिक यात्रा शुरु गरेका थिए। २०३६ सालमा नेपाली कांग्रेसमा सक्रिय भई बहुदलको प्रचारप्रसारमा लागेका थिए। उनी २०४६ सालको जनआन्दोलनमा जेलसमेत परेका थिए।

२०४७ सालमा दार्चुलामा नेपाली कांग्रेसको संगठन विस्तार गरी जिल्ला सभापति बनेका उनी २०४८ सालको प्रतिनिधिसभाको चुनावमा स्वतन्त्र उम्मेदवारसँग झिनो मतान्तरले पराजित भएका थिए। प्रजातन्त्र प्राप्तिपछि २०४९ सालमा पहिलो जननिर्वाचित जिल्ला विकास समितिको सभापति बनेका चन्द २०५९ सालमा नेपाली कांग्रेस प्रजातान्त्रिक दार्चुला सभापतिसमेत भएका थिए।

तर नेपाली कांग्रेसको विचलन तथा कार्यशैलीप्रति असहमत रहँदै पछिल्लो समय उनी निष्क्रिय रहेका थिए। विपी कोइरालादेखि कृष्णप्रसाद भट्टराईसम्मको सिद्धान्तसँग सहमत भई कांग्रेस विपीको विधान आत्मसात गरी आवद्धता जनाएको उनको भनाइ छ।

उनले इमान्दार सिद्धान्त तथा राष्ट्रियता, प्रजातन्त्र र समाजवादमा प्रतिवद्ध सबैमा नेपाली कांग्रेस विपीमा आवद्ध हुनसमेत आग्रह गरेका छन्।

सुदूरपश्चिममा देउवाले एकलौटी गर्न थालेपछि उनीसँग रूष्ट भएका नेता कार्यकर्ता नेपाली कांग्रेस विपीमा प्रवेश गर्ने क्रम बढिरहेको वरिष्ठ उपसभापति मल्लले बताए । संगठन विस्तारमा समेत आफूहरू लागेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved