प्रसिद्ध उपन्यासकार सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण, उपचार चल्दै

  • साउन २८, २०७९
  • कालापानी मिडिया
alt

एजेन्सी । विश्व प्रसिद्ध उपन्यासकार सलमान रुस्दीमाथि आक्रमण भएको छ । अमेरिकाको न्युयोर्कमा एक कार्यक्रममा मञ्चमा बसिरहेका बेला रुस्दीलाई छुरा प्रहार गरिएको हो । उनको घाँटीमा छुरा हानिएको न्युयोर्क प्रहरीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुस्दीलाई हेलिकप्टरबाट तत्कालै नजिकैको अस्पतालमा लगिएको छ । उनको भेन्टिलेटरमा उपचार चलिरहेको र बोल्न नसक्ने अवस्था रहेको अस्पताललाई उद्धृत गरी बीबीसीले जनाएको छ । आक्रमणकारीलाई प्रहरीले पक्राउ परेको छ ।

_126303532_41ead5cc7deff533a7d7fb7764c20d28a49c6d72_1cnvGoUCYy

भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ मा प्रकाशित कृति ‘मिडनाइट चिल्ड्रेन’बाट चर्चित भएका हुन् । ७५ वर्षीय रुस्दीले अहिलेसम्म चार वटा पुस्तक लेखेका छन् । सन् १९८८ मा लेखेको ‘द सटानिक भर्सेस’का कारण उनी नौ वर्षसम्म भूमिगत हुनुपरेको थियो ।

पुस्तक प्रकाशित भएको एक वर्षपछि इरानका तत्कालीन सर्वोच्च नेता अयोतोल्लाह रुहोल्लाह खोमिनीले रुस्दीको हत्या गर्न आह्वान गरी उनको टाउकोको मूल्य ३० लाख अमेरिकी डलर तोकिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved