काठमाडौं । नेपाली कांग्रेस चितवनको असन्तुष्ट पक्षले नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध उम्मेदवारी दिने तयारी गरेको छ ।
सत्तारुढ पाँचदलीय गठबन्धनले चितवन क्षेत्र नम्बर ३ बाट दाहाललाई उम्मेदवार बनाउने निश्चित भएको भन्दै असन्तुष्ट समूहले उम्मेदवारी दिने तयारी गरेको हो ।
शनिबार भरतपुरमा आयोजित कार्यक्रममा असन्तुष्ट समूहका नेताहरुले रुखमा भोट हाल्न नपाउने अवस्थामा विद्रोही उम्मेदवार खडा गर्ने र आगामी भदौ २४ गते वीपी कोइरालाको जन्म जयन्तीका दिन उम्मेदवारी घोषणा गर्ने बताएका छन् ।
समूहका नेता एवं कांग्रेसका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले अरु कोही तयार नभए आफैं उम्मेदवार बन्ने घोषणा गरेको जगन्नाथ पौडेलले जवानकारी दिए ।
यस्तै, चितवन कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठले पनि आफूहरु पछि नहट्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved