एजेन्सी । अफगानिस्तानमा वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ ।
लोगार, वार्दाक र खोस्त प्रान्तमा मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उद्यल्लेख गरेका छन् ।
भारी वर्षा र अचानक आएको बाढीका कारण देशको पूर्वी र मध्य क्षेत्रमा रहेका तीन प्रान्तका ठूलो सङ्ख्यामा गाउँ र बस्ती प्रभावित भएको उल्लेख छ ।
प्राकृतिक प्रकोपले सयौँ आवासीय घरहरू पनि नष्ट गरेको छ र छिमेकी तीन प्रान्तहरूमा हजारौँ हेक्टर खेत र दसौँ बगैँचाहरू प्रभावित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved