काठमाडौं। भगवान शिवको प्रिय महिना साउन र त्यसको अन्तिम सोमबार देशभरका शिवालयहरूमा दर्शनार्थीको भिड लागेको छ ।
साउने सोमवार व्रत बसी शिवजीको पूजा आराधना गर्ने धार्मिक परम्परा अनुरुप बिहानैदेखि शिवालयमा भक्रजनहरुको भिड लागेको हो ।
विशेष गरी काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी लगायत देशभरका शिवालयहरुमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।
साउनको सोमवार व्रत बस्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ ।
अघिल्ला दुई वर्ष कोरोनाका कारण अरु चाडपर्वमा जस्तै साउने सोमवारमा पनि पशुपति लगायत मन्दिरहरु बन्द थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved