रसुवा । रसुवाको उत्तरी थाम्बुचेतमा प्रहरी तथा गतलाङवासीबीच झडप भएको छ ।
गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जलविद्युत् सेयर पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका गतलाङवासी र प्रहरीबीच झडप भएको हो ।
सो झडपमा दुई प्रहरी निरीक्षक समेत आठ प्रहरी घाइते भएका छन् ।
घाइते हुनेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक÷एक प्रहरी निरीक्षक तथा तीन सशस्त्र प्रहरी र तीन नेपाल प्रहरी कर्मचारी छन् ।
स्थानीयवासीले साञ्जेन जलविद्युत्को थाम्बुचेतस्थित कार्यालय तथा ग्यारेज परिसरमा प्रवेश गरी टिपर एक, हाइलक्स ६, लोडर दुई, मोटरसाइकल ६, अफिस तथा टेबुलकुर्सी समेत तोडफोड गरेका जनाइएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले अश्रुग्यास र फाइरिङ गरी स्थिति नियन्त्रणमा लिएका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved