प्रहरी लगाएरै बञ्चरेडाँडामा फोहर फाल्न सुरु, महानगरले लियो २ सय वटा टिपर भाडामा

  • साउन ३०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । केहीबेरको अवरोधपछि बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फेरि फोहर फाल्न सुरु भएको छ । फोहर बोकेर गएको गाडीलाई दिउँसो त्यहाँका स्थानीयवासीले रोके पनि अहिले सुरक्षाकर्मीको उपस्थितिमा फोहर फाल्ने काम चलिरहेको छ ।
काठमाडौंबाट गएका र नुवाकोटकै गरी दुई सय जनाभन्दा धेरै सुरक्षाकर्मीले अहिले बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सुरक्षा दिइरहेका छन् । अहिलेसम्म ५५ वटा गाडीभन्दा धेरै फोहर फालिएको नुवाकोट प्रहरीले जनाएको छ । दिउँसो स्थानीयवासीको अवरोध खुलाउन पुगेका प्रहरी र उनीहरूबीच सामान्य झडपसेमत भएको थियो ।

काठमाडौं महानगरले आज दुई सय वटाभन्दा धेरै गाडी फोहर बञ्चरेडाँडामा लोड गरेर पठाएको थियो । जसमा अहिलेसम्म ५५ वटाभन्दा धेरै गाडीको फोहर झारिएको छ । बाँकी फोहोर पनि फाल्ने काम चलिरहेको छ । काठमाडौं महानगरपालिकाले आज नेपाल टिपर व्यवसायी सङ्घसँग डिजल र चालक भत्ता दिने गरी दुई सय वटाभन्दा धेरै टिपर भाडामा लिएर बञ्चरेडाँडामा फोहर पठाएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। अवरोधका कारण भाडाका टिपरले पनि दिउँसो फोहोर फाल्न पाएका थिएनन् । अहिले सुरक्षाकर्मीको सहायतामा फोहर फाल्ने काम भइरहेको उनले बताउए।

स्थानीय सङ्घर्ष समितिले सरकारसँग सहमति गरेर आन्दोलन फिर्ता लिइसकेको भए पनि आज फेरि केही स्थानीयवासीले फोहर फाल्न अवरोध गरेका हुन् । स्थानीयवासीको आन्दोलनमा सबैजसो दलले पनि साथ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved