पहिलेका तीतामीठा कुरालाई बिर्सेर आए वाम एकता हुन्छ प्रदीप ज्ञवाली

एमाले वाम एकताको लागि सधैँ तयार छ

  • श्रावण ३०, २०७९
  • कालापानी मिडिया
alt

रुकुम (पूर्व) । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी केन्द्रसँग गरेको एकताले जनतामा खुसी छाएको भएपनि पुष्पकमल दाहाल ‘प्रचण्ड’को कारणले असफल भएको दाबी गरेका छन्।

पार्टीको प्रशिक्षण कार्यक्रमका लागि सोमबार रूकुमपूर्व आइपुगेका ज्ञवालीलाई पत्रकारहरूले वाम एकता कतिको सम्भव छरु भनेर सोधेको प्रश्नमा एमाले वाम एकताको लागि सधैँ तयार रहेको बताएका हुन्।

उनले भने, ‘माओवादी केन्द्रसँग गरिएको एकता आम जनतामा खुसी छाएको थियो। तर, प्रचण्डकै कारणले पार्टी विभाजन हुन पुग्यो। अहिले पनि माओवादी हालको गठबन्धनबाट बाहिरिएर पहिलेका तीतामीठा कुरालाई बिर्सेर आएमा वाम एकताका सम्भव छ।’

परमादेशबाट बनेको सरकारलाई हटाउनका लागि ताजा जनमतको आवश्यक रहेको उनले बताए। त्यस कारण आउँदो मंसिर ४ गतेको संघ र प्रदेश निर्वाचनलाई एमालेले सकारात्मक रूपमा लिएको बताए।

उनले एजेण्डा मिल्ने दलसँग चुनावी गठबन्धनका लागि एमाले खुला रहेको बताए। राष्ट्र निर्माणको हितमा रहेका दलहरूसँग चुनावमा गठबन्धन गर्न एमाले तयार रहेको समेत बताए। ‘हामी गठबन्धनका लागि गठबन्धन नारा लिएर चुनावमा जाँदैनौ। एमालेलाई जनताको पूर्ण साथ, सहयोग र विश्वास छ। हामी एमाले बहुमत आउनेमा ढुक्क छौँ’ उनको भनाइ थियो।

उनले आगामी निर्वाचनका राष्ट्रिय हितको रक्षा, संविधान र लोकतन्त्रको रक्षा, सामाजिक, आर्थिक, रुपान्तरणको अभियानलाई पुरा गर्ने, संकटग्रस्त अर्थतन्त्रलाई सही बाटोमा ल्याउने र सुशासन मुख्य एजेण्डा लिएर जनताको बिचमा जाने समेत बताए।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved