निर्वाचनबाट राप्रपा बलियो शक्तिका रुपमा स्थापित हुन्छ -लिङ्देन

  • श्रावण ३१, २०७९
  • कालापानी मिडिया
alt

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ४ मंसिरको निर्वाचनबाट आफ्नो दल बलियो शक्तिको रुपमा स्थापित हुने दावी गरेका छन् ।

मंगलबार पोखरामा आयोजित पार्टीको कार्यक्रममा उनले निर्वाचनमा कति सिट आउँछ भन्ने दावी गर्न नसके पनि बलियो शक्तिको रुपमा स्थापित हुने दावी गरे । देशैभरि राप्रपाप्रति जनताको अपेक्षा र आकर्षण बढिरहेकाले यो निर्वाचनबाट राप्रपालाई कसैले छेक्न नसक्ने उनको जिकिर छ । उनले निर्वाचनमा नेकपा एमालेसँग तालमेल हुने सम्भावना रहेको पनि बताए । एमालेसँग गठबन्धन गर्ने निर्णय भइनसके पनि अरु दलको तालमेल भइसकेकाले बढी सम्भावना एमालेसँगै भएको अध्यक्ष लिङ्देनको भनाइ छ ।

उनले अहिलेको निर्वाचन प्रणाली देशले धान्न नसक्ने भन्दै यस्तो प्रणालीले देशमा भ्रष्टाचार अन्त्य नगर्ने बताए । ‘सांसद हुनका लागि मतदाना किन्नुपर्ने, प्रधानमन्त्री हुन सांसद किन्नुपर्ने र प्रधानमन्त्री र मन्त्री भएपछि नीतिगत भ्रस्टाचार गरेर देश लुट्नुपर्ने र अर्को निर्वाचनका लागि खर्च बटुल्नु पर्ने यो व्यवस्था रहेसम्म देशमा न स्थिरता रहन्छ, न देशमा भ्रष्टाचारको अन्य हुन्छ,’ लिङ्देनले भने ।

उनले अब पूर्ण समानुपातिक संसद, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राजा रहने व्यवस्थाका निम्ति राप्रपाले पहल गरेको पनि बताए ।

संघीयता नामप्रति कुनै आपत्ति नरहेको तर ३ तहको सरकार देशले धान्न नसक्ने उनको भनाइ थियो । संघीयताको नाममा ३ सरकार, यति धेरै जनप्रतिनिधि ऋण काढेर पाल्नु परिरहेको छ । अब भने यो देशले यसको खर्च धान्न नसक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved