स्रोत नखुलेको छत्तीस लाख नगद र सुनसहित सर्लाहीबाट दुई जना पक्राउ

  • भदौ १, २०७९
  • कालापानी मिडिया
alt

सर्लाही । स्रोत नखुलेको ठूलो परिमाणमा नगदतथा सुनको गहनासहित सर्लाहीमा दुई जना पक्राउ परेका छन्। सर्लाही प्रहरीले स्रोत नखुलेको नगद छत्तीस लाख रुपैयाँ र साढे उन्नाइस लाख रुपैयाँ बराबरको सुनको गहनासहित दुई जनालाई पक्राउ गरेको छ।

सर्लाही प्रहरीको टोलीले सर्लाहीको बरहथवा नगरपालिका ११ हिरापुर ब्यारेज स्थित नयाँरोडबाट हिरापुरतर्फ जाँदै गरेको प्रदेश ०२-०३३ प ७७५० नम्बरको मोटरसाइकललाई चेकजाँचगर्दा ठूलो परिमाणमा अवैध नगदतथा गरगहना फेलापारेको हो।

मोटरसाइकल चालक डोटी जिल्ला घर भई काठमाडौँको कपन १० बस्दै आएका ३० वर्षीय हर्कबहादुर कठायत र सोही मोटरसाइकलमा पछाडि बसेका भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका २ दुवाकोटका ३१ वर्षीय विशाल खत्रीको साथमा लेदरको झोलाभित्र ठूलो परिमाणमा नगद र गहना बरामद भएको हो।

सर्लाही प्रहरीले स्रोत नखुलेको ३६ लाख रुपैयाँ नगद र दुईसय तेतीस ग्रामभन्दा बढी तौल भएको सुनको गहनाहरु सिक्री र ब्रास्लेट गरी करिब १९ लाख ५८ हजार रुपैयाँ मूल्य पर्ने सामग्रीसहित मोटरसाइकलपनि बरामद गरेको छ। बरामद नगद, सुनकागहना र मोटरसाइकलका साथै दुवै युवकलाई सर्लाही प्रहरीले आवश्यक कारबाहीको लागि सर्लाही भन्सार कार्यालय मलंगवामा पठाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपि विजय यादवले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved