काठमाडौं । युवराज्ञी हिमानी शाहलाई जरो, रुघा, खोकीले नछाडेपछि नेपाल मेडिसिटि हस्पिटल नख्खुमा भर्ना हुनु भएको छ । गत २४ साउनमा अस्ट्रेलिया जानु भएकी शाह स्वास्थ्यमा समस्या देखिएपछि ३० साउनमा नेपाल फर्कनुभएको हो ।
नेपाल आएर पनि घरमै सवास्थ्य उपचार गराइरहनु भएकी शाहको स्वास्थ्यमा खासै परिवर्तन नआएपछि आज बेलुका ७ बजे काठमाडौंको मेडिसिटि हस्पिटलमा भर्ना हुनु भएको राजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकले जानकारी दिनुभयो । नाक कान र घाटीमा समस्या देखिएको छ, घरमै उपचार गरेर ठिक नभएपछि अस्पताल नै लानु पर्ने भयो, घाटीमा बोल्दा खसखसाउने, पोल्ने र दुख्ने जस्ता समस्या देखिएको उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved