काठमाडौं । दार्चुलामा जीप दुर्घटनामा परेर मृत्यु भएकाहरुको पहिचान खुलेको छ। उनिहरु बझाङको बुंगल नगरपालीकाका स्थानीय वासिन्दा भएको र रोजगारीकालागि दार्चुला हुँदै भारत जान लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसर मृत्यु हुनेमा बझाङका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहरा रहेका छन्।
यस्तै दुर्घटनामा परेर मालिकार्जुन ३ की ५० वर्षीया गोमती देवी धामी, सोही ठाउँकी ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन ६ की ४० वर्षीया रेवती धामी र महाकाली नगरपालिका ३ का ३५ वर्षीय रमेश लुहार घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उनीहरुको अहिले गोकुलेश्वर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved