काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले १०० दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन्।
आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले बिहान १३ बुँदे प्रगति विवरण सार्वजनिक गरेका हुन्।
उनले नेपालमा श्रम सँस्कृतिको क्रान्ति सुरु गरेको, ४ ठाउँबाट खानेपानीको मुहान थपेको, ६ लाख बिरुवा रोपेको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेको लगायतका काम आफुले १०० दिनमा गर्न सफल भएको उल्लेख गरेका छन् ।
उनले सार्वजनिक गरेको विवरण यस्तो छ–
नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरेँ।
चार ठाउँबाट खानेपानीको मुहान थपेँ।
व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ।
६ लाख बिरुवा रोपेँ।
सरसफाइमा देखिने सुधार ल्याएँ।
प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ।
जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालेँ।
बाटो मर्मतसम्भार तथा तटबन्धन, विपद् व्यवस्थापन।
लागुऔषध विरुद्धको अभियान शुरु गरेँ
योजनाहरूका लागि बजेटको जोहो गराएँ।
पारदर्शी हिसाब किताब सार्वजनिक गरेँ।
पालिकाका सेवामा तिव्रता र प्रष्टता ल्याइदिएँ।
शिक्षा, स्वास्थ्य संस्थाहरूमा सुधार ल्याएँ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved