पशुपतिशम्शेर राणाबाट ८०४ विद्यार्थीलाई झोला वितरण

  • भदौ २, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपाका पूर्व अध्यक्ष पशुपतिशम्शेर राणाले काठमाडौंको नागार्जुनस्थित बाल विकास माध्यामिक विद्यालयका ८०४ विद्यार्थीलाई झोला बितरण गरेका छन ।
नेता राणाले एसएस फाउण्डेसनकातर्फबाट सो विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेका हुन । झोला पाएपछि विद्यालयका शिक्षक एवम विद्यार्थी प्रसन्न भएका थिए । नेता राणाले विद्यार्थीहरुको मनोबल र हौसला बढाउन एसएस फाउण्डेसनले अनुकरणीय काम गरिरहेकोमा धन्यवाद दिए ।

293775209_591704032459515_2237457209768861737_n

उनले आजका विद्यार्थी भोलिका कर्णधार भएकाले इमान्दार र नैतिकवान मान्छे बन्न विद्यार्थीहरुलाई सुझावसमेत दिए । फाउण्डेसनका अध्यक्ष मदनदास श्रेष्ठले काठमाडौसहित दुर दराजका विद्यार्थीहरुलाई सहयोग गर्न पाएकोमा प्रसन्नता व्यक्त गरे । फाउण्डेसनका संरक्षक एवम राप्रपाका केन्द्रीय सदस्य शोभित उप्रेतीले फाउण्डेसनले गर्दै आएका काम र अबका योजनाबारे जानकारी गराए । उनले डोटीबाट सुरु भएको झोला वितरण देशभर सुरु भएको समेत जानकारी दिए ।

292371442_315032084140448_682095594777864531_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved