दाङमा राप्ती नदीमा विद्यार्थी चढेको डुङ्गा पल्टिँदा २४ जना घाइते

  • भदौ २, २०७९
  • कालापानी मिडिया
alt

दाङ । दाङको देउखुरीमा विद्यालय जान लागेका विद्यार्थी चढेको डुङ्गा राप्ती नदीमा पल्टिँदा २४ जना घाइते भएका छन् ।

लमही नगरपालिका–९ तरुलियाबाट राजपुर गाउँपालिका–७ मा रहेको माध्यमिक विद्यालय सिक्टामा पढ्न जान लागेका विद्यार्थी चढेको डुङ्गा अनियन्त्रित भएर पल्टिएको स्थानीय निरज केसीले जानकारी दिए।

डुङ्गा पल्टिँदा २४ जना विद्यार्थी नदीमा खसेका थिए । प्रायजसो विद्यार्थीहरुको अवस्था सामान्य रहेको केसीले बताए।

‘डुङ्गाका चालक विनाराम विकले आफ्नो छोरालाई डुङ्गा चलाउन दिएका रहेछन्, सिकारु छोराले डुङ्गा नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको देखिन्छ,’ केसीले भन्नुभने डुङ्गा पल्टिँदा केही विद्यार्थीहरु नदीमा बगेका थिए। माछा मार्ने माझीले उद्धार गरेका हुन्।

डुङ्गा पल्टिँदा केही विद्यार्थीका जुत्ता चप्पल, किताब–कापी, झोला नदीमा बगेको छ। पौडी खेल्न सक्ने जति आफैँ नदीबाट बाहिर आएका र अन्यलाई उद्धार गरिएको केसीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved