पदाधिकारी टुंगो लगाउँदै माओवादी केन्द्रः महासचिव बन्लान् त देव गुरुङ ?

  • भदौ ३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । पदाधिकारी टुंगो लगाउन हम्मेहम्मे परेको नेकपा माओवादी केन्द्रमा पद बाडाफाँडको समस्या देखिदै आएको छ ।

पटक पटक बस्दै स्थगित भएको स्थायी कमिटी बैठक आज पनि बस्दैछ र पदाधिकारी टंग्याउने बताएको छ ।

माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारी छ ।

यसअघि बिहीबार डाकिएको बैठक अन्तिम समयमा आएर बस्दै नबसी स्थगित भएको थियो । माओवादी बैठक बुधबार पनि बसेको थियो ।

माओवादीको आठौं महाधिवेशन सात महिना अघि भएको थियो । तर, महासचिवमा सहमति नहुँदा पदाधिकारीको टुंगो लाग्न सकेको छैन ।

यस अघि महासचिवमा बर्षामान पुन र जनार्दन शर्माको दाबेदारी रहेको भएपनि अध्यक्ष प्रचण्डले देव गुरुङलाई महासचिव बनाउने तयारी गरेको बुझिएको छ ।

पुन र शर्माले आआफ्नो दाबेदारी नाछोडेपछि प्रचण्डले दुवैलाई महासचिव नबनाउने भएका हुन् । अब पुन र शर्मालाई उपमहासचिव बनाइने चर्चा रहेको छ । त्यस्तै गिरिराजमणि पोखरेललाई पनि उपमहासचिव बनाइने भएको छ ।

त्यसैगरी माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरालाई यस अघि नै चयन गरिसकेको छ भने अब पम्फा भुसाल, दिनानाथ शर्मा, हरिबोल गजुरेल र गणेश शाहलाई उपाध्यक्ष बनाउने तयारी रहेको छ ।

माओवादीको विधानअनुसार एक अध्यक्षसहित, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved