राष्ट्र संघका महासचिव गुटेरेस युक्रेनमा

  • भदौ ३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । ​ युक्रेनमाथि रुसी आक्रमण रोक्ने कुटनीतिक पहलका लागि संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस युक्रेन पुगेका छन्।
गुटेरेसले लविवमा रुसी आक्रमणबाट भएको क्षतिको जानकारी लिएका छन् गुटेरेससँगै टर्कीका राष्ट्रपति रिसेप तायिप एर्दोगान पनि युक्रेन भ्रमणमा छन्। गुटेरेस र एर्दोगानसँगको भेटमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनबाट निर्यात हुने खाद्यान्न थुप्रिइरहेको र त्यसलाई सहज बनाउन रुस जिम्मेवार हुनुपर्ने बताए।जेलेन्स्कीले जपोरिजिया परमाणु केन्द्रको अवस्थाबारे पनि गुटेरेसलाई जानकारी गराएको बताइएको छ।

यसैबीच रुसले जपोरिजिया परमाणु केन्द्रमा युक्रेनले आक्रमणको तयारी गरेको आरोप लगाएको छ। युरोपकै सबैभन्दा ठूलो यो परमाणु केन्द्र अहिले रुसी सेनाको नियन्त्रणमा छ । रुसले यो परमाणु केन्द्रमा दुर्घटनाको बाहनामा युक्रेनले आक्रमणको योजना बनाइरहेको जिकिर गरेको हो। तर, युक्रेनले भने यसअघि देखि नै रुसी सेनाले परमाणु केन्द्रमा आक्रमण गर्ने तयारी गरेको आरोप लगाउँदै आएको छ।

केही दिनअघि युक्रेनी राष्ट्रपतिले परमाणु केन्द्रमा आक्रमणमा सहभागी हुने प्रत्येक रुसी सैनिकविरुद्ध कडा कारबाहीको चेतावनी दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रहरीको अलर्ट नोटिस ...

नेपाल सरकार, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीले भोटेकोशी एवम् ...

फेरि बाढी आउने भन्दै ...

काठमाडौँ। फेरि बाढी आउन सक्ने भन्दै चीनले तिब्बत क्षेत्रमा उद्धार कार्य रोकेको छ। तिब्बतमा हिम पहिरो ...

नेपालमा बाढी-पहिरोपछ ...

काठमाडौँ। नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण व्यापक भौतिक संरचना ध्वस्त भएपछि अमेरिकी राष् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved