काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफुलाई गठबन्धनमा सामेल गर्ने वा नगर्ने विषयमा स्पष्ट जवाफ दिन माग गरेका छन् ।
प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटारमा पुगेका अध्यक्ष ठाकुरले आगामी संघ र प्रदेशको निर्वाचनमा सत्ता गठबन्धनभित्र आफ्नो पार्टी सहभागी गराउने वा नगराउने कुरामा स्पष्ट जवाफ दिन आग्रह गरेका हुन् ।
देउवालाई भेट्न राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा बालुवाटार पुगेका ठाकुरले आफुहरु निर्वाचनको रणनीतिमा लाग्नुपर्ने भन्दै आफुहरुलाई गठबन्धले स्थान दिने वा नदिने कुरालाई यथासक्य छिटो टुंगोमा पुर्याइदिन आग्रह गरे ।
तपाईले हामीलाई ५ दलीय गठबन्धनमा ल्याउनुहुन्छ कि हुन्न ? यसको स्पष्ट जवाफ दिनुस् भनेर हामीले प्रधानमन्त्रीज्यूलाई प्रष्टसँग भन्यौं,’ भेटपछि लोसपाका नेता महतोले भने, ‘प्रधानमन्त्रीज्यूले यसबारेमा एकरदुई दिनभित्रै स्पष्ट जवाफ दिन्छु भन्नुभएको छ ।’
प्रधानमन्त्री देउवाले लोसपालाई सत्ता गठबन्धनभित्र समावेश गर्ने इच्छा देखाइरहेपनि जसपा र माओवादी केन्द्रको आनाकानीका कारण ठोस निर्णयमा पुग्न नसकेको बताइरहेका बेला अध्यक्ष ठाकुरले बालुवाटार पुगेर देउवालाई ताकेता गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved