एजेन्सी । शनिबार दक्षिणपूर्वी टर्कीमा भएका दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।
पहिलो दुर्घटनामा आपतकालीन मजदुर र पत्रकारसहित १६ जनाको मृत्यु भएको दक्षिणपूर्वी प्रान्त गाजियन्टेपका क्षेत्रीय गभर्नर दाउट गुलले बताए ।
दुर्घटनामा अन्य २० जना घाइते भएका छन् र उनीहरुको उपचार भइरहेको छ । त्यस्तै, मार्डिनको डेरिक जिल्लामा भएको अर्को दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved