जुम्लालाई राप्रपामय बनाउदै ज्ञानेन्द्र शाही, भ्रष्टाचार बिरुद्धका अभियन्तालाई नै मतदान गर्ने स्थानीयको प्रण

  • भदौ ५, २०७९
  • कालापानी मिडिया
alt

जुम्ला । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाही यतिबेला जुम्लामा छन् । शाही काठमाडौंमा उम्मेदवारी घोषणा गरेपछि निर्वाचनको गतिविधि बढाउन जुम्ला पुगेका हुन् ।

शाहीले स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बलियो गढ मानिएको जिल्लामा निर्वाचन लड्ने योजना मात्रै बनाएका छैनन् दैनिक सयौँ स्थानीयको राय सुझाव सहित आशिर्वाद लिइरहेका छन्।

गत स्थानीय निर्वाचनमा जुम्लाका आठ स्थानीय तहमध्ये एक स्वतन्त्र, दुई माओवादी केन्द्र र पाँच स्थानीय तहमा नेपाली काँग्रेसले जितेको थियो । तर, अहिले जिल्लामा राप्रपालाई स्थापित गर्न ज्ञानेन्द्र शाही जिल्ला पुगेका छन् । उनलाई स्थानीयले पनि राम्रै साथ दिइरहेका छन् ।

298729735_5259456184123845_3372651831680639062_n

हरेक पटक राजनीतिक दलका नेतालाई मत दिएर विकासको नामो निसान नदेखेका जुम्लेली जनता यस पटक भने भ्रष्टाचार विरोधि ज्ञानेन्द्र शहिलाई नै भोट दिने प्रण पनि गरिरहेका छन् । यदि यहि क्रम निर्वाचन सम्मै रहने हो र सबैले शाहीलाई मतदान गराउने हो भने राप्रपाले जुम्लामा पनि आफ्नो बलियो पकट बनाउने जानकारहरु बताउँछन् ।

299512319_5262824187120378_7104947248909088638_n

शाहीले जिल्लाका सबै स्थानीय तहमा पुगेर आफूलाई प्रस्तुत गरिरहेका छन् । ठाउँ ठाउँमा उनलाई सुन्नेहरुको भिड लागिरहेको छ । जिल्लामा अन्य पार्टी स्थापित भएपनि आफूलाई जनताले सहयोग गर्ने उनको विश्वास छ । साउन २३ गते राजधानीमा पत्रकार सम्मेलन गरेर उनले निर्वाचन लड्ने घोषणा गरेका थिए । आफूलाई गृहजिल्ला जुम्ला प्यारो लाग्ने र जिते पनि हारे पनि केही फरक नपर्ने उनले बताउँदै आएका छन् ।

299665917_5259456350790495_8952124667847655541_n 299944545_5262824457120351_5225939393352702470_n

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved